१८ वर्ष वा सोभन्दा बढी उमेरका मान्छेहरूका लागि मात्र। १८ वर्ष वा सोभन्दा बढी उमेरका प्रयोगकर्ताहरूका लागि उपलब्ध छ।
Google Flow Music भनेको Google Labs को AI म्युजिक स्टुडियो हो। यसले AI प्रयोग गरी गीतहरू बनाउन सजिलो बनाउँछ। मुडका बारेमा वर्णन गर्नुहोस् वा आफ्ना लिरिक्स पेस्ट गर्नुहोस् र उच्च गुणस्तरको पूरा गीत प्राप्त गर्नुहोस्। त्यसपछि तपाईंको दिमागमा भएको सङ्गीत जस्तै नबनेसम्म AI म्युजिक प्रोड्युसर प्रयोग गरी यसलाई परिष्कार गरिरहनुहोस्।
यसका लागि रेकर्डिङ बुथ, गियर र सङ्गीतसम्बन्धी सिद्धान्तको ज्ञान चाहिँदैन। तपाईं पहिलो पटक धुन बनाउँदै हुनुहुन्छ वा तपाईंले वर्षौँदेखि बिटहरू बनाउँदै आउनुभएको छ भने पनि Flow Music ले तपाईंलाई यो प्रक्रियामा मद्दत गर्छ।
मुड वा लिरिक्सलाई पूर्ण गीतमा रूपान्तरण गर्नुहोस्
"बिहान ७ बजे एस्प्रेसो पिउँदै गर्दा सुन्ने घमाइलो घर" जस्तो प्रम्प्ट टाइप गर्नुहोस् वा आफूले लेखेका लिरिक्स पेस्ट गर्नुहोस् र Flow Music ले भोकल र इन्स्ट्रुमेन्टहरू भएको पूर्ण गीत जेनेरेट गर्छ। पप, हिप-हप, लो-फाइ, हाउस, इन्डी रक, R&B, कन्ट्री र अन्य जुनसुकै विधाका सङ्गीत बनाउनुहोस्।
आफ्नो AI निर्मातासँग च्याट गर्नुहोस्
आफूले चाहेको कुरा भनेकै भरमा आफ्नो ट्र्याक परिष्कृत गर्नुहोस्। Gemini मा आधारित आफ्नो Producer लाई "बेस अझ तगडा बनाउनुहोस्," "ब्रिजमा गितारको सोलो हाल्नुहोस्" वा "अझ धोद्रो स्वरमा गीत गाउनुहोस्" भन्नुहोस्। यसले परिवर्तनहरू लागू गर्छ र तपाईंको गीतलाई एक पटकमा एउटा टेक अगाडि बढाउँछ।
कभर, बदल्नुहोस् र विस्तार गर्नुहोस्
तपाईंले बनाउनुभएका आफ्नै ट्र्याक वा रिमिक्स गीतहरू अपलोड गर्नुहोस्। नयाँ शैलीमा कभर बनाउनुहोस्, कुनै खण्ड बदल्नुहोस् (गिटारको साटो Rhodes keys को न्यानो आवाज प्रयोग गर्नुहोस्) वा नयाँ श्लोक वा आउट्रो हालेर गीतको लम्बाइ बढाउनुहोस्।
आफ्नो गीतको म्युजिक भिडियो बनाउनुहोस्
Google को भिडियो मोडेल Veo प्रयोग गरी बनाइएको AI म्युजिक भिडियोका सहायताले आफ्नो ट्र्याकलाई जीवन्त बनाउनुहोस्। भिडियोको स्वरूप, पात्र र मुड तय गर्नुहोस् अनि आफ्नो गीतसँग सिंक गरिएको भिडियो सेयर गर्नुहोस्।
स्पेसहरू प्रयोग गरी बनाउनुहोस्
स्पेसहरू प्रयोग गरी अझ अघि बढ्नुहोस्: कस्टम अडियो प्लगइन, म्युजिक गेम वा आफ्नै छोटा म्युजिक एपहरू बनाउनुहोस्। अरूले पनि ती स्पेस प्रयोग गर्न र रिमिक्स गर्न सकून् भन्नाका लागि ती स्पेस सेयर गर्नुहोस्।
सङ्गीत सेयर गर्नुहोस् र भेट्टाउनुहोस्
आफ्ना गीतहरू प्रकाशित गर्नुहोस्, प्लेलिस्टहरू बनाउनुहोस्, क्रिएटरहरूलाई फलो गर्नुहोस् र हरेक दिन नयाँ सङ्गीत भेट्टाउनुहोस्। तपाईंले सङ्गीत बनाउँदै जाँदा Flow Music ले तपाईंको रुचि बुझ्दै जान्छ र समयसँगै तपाईंको व्यक्तिगत साउन्डसँग अझ मिल्दाजुल्दा सङ्गीत बनाउन मद्दत गर्छ।
नयाँ कलाकार वा निर्माताका रूपमा आफ्नो साउन्ड भेट्टाउनुहोस्। साथीका लागि जन्मदिनको गीत, आफ्नो पोडकास्टका लागि थिम सङ, आफ्नो आगामी भिडियोका लागि बिट वा आफ्नै लागि ट्र्याक बनाउन AI गीत जेनेरेटरका रूपमा Flow Music प्रयोग गर्नुहोस्। तपाईं आज के बनाउनु हुने छ?
प्रयोगका सर्तहरू: https://policies.google.com/terms
गोपनीयता नीति: https://policies.google.com/privacy
गोपनीयतासम्बन्धी सूचना: https://www.flowmusic.app/privacynotice
AI म्युजिक स्टुडियो: आइडिया वा लिरिक्सलाई गीत, रिमिक्स र भिडियोमा बदल्नुहोस्।
मा अपडेट गरिएको
२०२६ नोभेम्बर २५